कामना सेवा विकास बैंकद्वारा ‘Kamana Sewa Customer Day’ सम्पन्न

Ad
  • Kalopati

काठमाडौं । कामना सेवा बिकास बैंक लिमिटेडले कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिदैँ आफ्नो सेवा र सुविधालाई थप सरल एवम् ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘कामना सेवा कष्टुमर डे’कार्यक्रम सम्पन्न गरेको हो । बैंकले सन् २०१९ फेब्रुअरी ९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम कामना सेवा कष्टुमर डे’कार्यक्रम मार्फत देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उतरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गरेकामा सम्पूर्ण ग्राहक महानुभावहरु प्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकहरुका आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताएका छन् ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: