चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने

Ad
  • Kalopati

काठमाडौं । चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताए । उनले कुनै रिपोर्पको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताए । मन्त्री कार्कीले सरकार छिमेकी देशहरुसँग सिमा समस्या आउन नदिनको लागि प्रयत्नशिल रहेको पनि बताए । त्यस्तै, पत्रकारको राष्ट्रपति चुरे संरक्षण तराई मधेश समितिका पदाधिकारी पदमुक्त गरेको विषयमा समाचार प्रकाशन गर्ने सञ्चार माध्यम नै जिम्मेवार रहने बताए ।

प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने बताएका छन्  ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: