प्रधानमन्त्रीद्धारा शहीद स्तम्भमा माल्यार्पण

Ad
  • Kalopati

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।

शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् । कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।

कोरोना संक्रमणको अवस्थाका कारण शहीद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: