संगठन र विश्वविद्यालयबीच बिद्यार्थीहरुको माग पुरा गर्ने सहमति

Ad
  • Kalopati

काठमाडौं । संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालयबीच मेडिकल शिक्षाका बिषयमा बिद्यार्थीहरुको अघि सारेको माग पुरा गर्ने सहमति भएको छ ।

सोमबार दुइपक्षबीच भएको छलफलका क्रममा विश्वबिद्यालयले विद्यार्थीहरुको माग पुरा गर्ने प्रतिबद्धतासहित तीन बुँदे सहमति भएको हो । मंगलबारसम्ममा चिकित्सा शिक्षा आयोगसंग आवश्यक समन्वय गरि औपचारिक निर्णय गर्ने सहमति भएको बिद्यार्थीहरुले जनाएका छन् । विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बिद्यार्थीहरुको जायज मागलाई सम्बोधन गर्ने बताउनुभयो । उहाले सरकारले तोके भन्दा बढि शुल्क कलेजले लिन नपाउने स्पष्ट पारे ।

छलफलमा संयुक्त विद्यार्थी संगठनले केएमसी र नोबेल मेडिकल कलेजको सम्बन्धन खारेजी प्रक्रिया अगाडि बढाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: