काठमाडौँमा करिब १७ स्थानमा आजदेखि बुस्टर डोज खोप लगाउन सुरु

Ad
  • Kalopati

काठमाडौँ । स्वास्थ्य कार्यालय काठमाडौंले करिब १७ स्थानबाट आज विहान १० बजेदेखि बुस्टर डोज खोप लगाउन सुरु गरेको छ । पहिलो चरणमा बुस्टर खोप अग्रपंक्तिमा खटिनेलाई लगाउने छ । जस अन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, विमानस्थलभित्र र एयरलायन्सका कर्मचारीलगायत अग्रपंक्तिमा खटिनेहरुलाई यो खोप लागाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि नै देशभर बुस्टर डोज खोप लगाउन सुरु गर्न निर्देशन दिएपनि पूर्वतयारी नभएकाले केहि जिल्लाहरुले सोमबार देखि खोप कार्यक्रम सुरु गरेका हुन् । उपत्यकाभित्र ललितपुरले आइतबारदेखि बुस्टर खोप लगाउन सुरु गरेपनि काठमाडौं र भक्तपुरले आजदेखि सुरु गरेका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं जिल्लाभित्र १७ स्थान र दुईवटा नगरपालिकाबाट बुस्टर खोप लगाउन सुरु गरिएको छ। जसमा सुभेक्षा अस्पताल सितापाइला, पिपुल्स डेन्टर कलेज गोंगबु, टिचिङ अस्पताल, ससस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी प्रहरी अस्पताल, सैनिक अस्पताल, प्रसुती गृह, वीर अस्पताल, टेकु अस्पताल, सिभिल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल सिनामंगल, बयधा अस्पताल बल्खु, एपेक्स पोलिक्लीनिक जडिबुटी, सहिद मेमोरियल कलेज कलंकी र नयाँ बसर्पाकभित्रबाट खोप लगाइँदै छ।

त्यस्तै, टोखा र दक्षिणकाली अस्पतालले पनि वडा कार्यालय र नगरपालिकाको कार्यालयबाट खोप लगाउन सुरु गरेको स्वास्थ्य कार्यालय प्रमुख सम्भु काफलेले बताए। उनका अनुसार भेरोसिल, कोभिडसिल र जोनसन एण्ड जोनसन गरी तीनथरी खोप लगाउन थालिएको हो । बुस्टर डोज सँगसँगै पहिलो र दोस्रो डोप खोप पनि लगाउन सुरु गरिएको छ। जहाँजहाँबाट बुस्टर डोज लगाइँदै छ त्यहाँ त्यहाँबाट पहिलो र दोस्रो डोप खोप लगाउन सकिने छ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: