एक लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप

Ad
  • Kalopati

तनहुँ । तनहुँमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन् । एक लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दश पालिकामध्ये सातवटा पालिकामा कोरोनामुक्त भएका कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कोरोनामुक्त हुने एक नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।

भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी , म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिका कोरोनामुक्त भएको हुन् । व्यास नगरपालिकामा तीन र भानु र शुक्लागण्डकीमा एक÷एकजना गरी पाँचजना सक्रिय कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । जिल्लामा वैशाखदेखि हालसम्म १२९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: