विद्यालयहरुको हौसला बढाउन अपेन डाइनामिक लिडर अवार्ड को आयोजना 

Ad
  • Kalopati

काठमाडौँ । एसोसिएशसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)ले मन्टेश्वरी विद्यालयहरुको हौसला बढाउन अपेन डाइनामिक लिडर अवार्ड–२०२१ को आयोजना गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अपेन केन्द्रीय समितिले पुस २४ गते टुरिजम बोर्डमा अपेन डाइनामिक लिडर अवार्ड–२०२१ को आयोजना गर्ने जानकारी दिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष बद्रीप्रसाद दाहालले अपेन मन्टेशरी र बालबालिकासँग सम्बन्धित व्यक्ति र क्षेत्रको साझा संगठन भएको बताए । उनले कोरोना महामारीले बालबालिकाहरुलाई शिक्षा दिने संस्थाहरु अफ्ठेरो अवस्थामा गुज्रिएर यहाँसम्म आइपुगेको उल्लेख गरे ।

उनले विशेष गरी यो क्षेत्रमा महिला उद्यमीहरु ९० प्रतिशत रहेको धारणा राखे । ५० अर्ब रुपैयाँ बरारबरको मन्टेश्वरीमा लगानी भएको र कानुन बमोजिम ५ हजार प्रिस्कुल संचालित भएको उनले जानकारी दिए ।कोरोना महामारीमा धान्न नसेकेर धेरै प्रिस्क्ुल बन्द भएको जानकारी दिँदै दाहालले जसले त्यस्तो अवस्थामा पनि संचालन गरेका उद्यमीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्न अवार्ड वितरण गर्न लागेको जानकारी दिए ।

त्यस्तै, कार्यक्रममा बोल्दै केन्द्रीय सचिव उमानाथ निरौलाले कोरोनाका कारण धेरै प्रि–स्कुल बन्द भएको बताउँदै प्रतिकुल अवस्थामा पनि स्कुल सञ्चालन गर्ने ३ सय स्कुलका प्रिन्सीपलहरुलाई हौसला स्वरुप अवार्ड वितरण गर्न लागेको जानकारी दिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: