राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता आइतबारदेखि सुरु

Ad
  • Kalopati

काठमाडौँ । १७ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको छ ।

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत पहिलो दिन पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिंह सुनारले सो क्योकुसिनका सुजन घले, केन्द्रीय डोजोका प्रेम लामाले केडब्लुडब्लुका सरोज श्रेष्ठ, आईकेकेएफका विवेककुमार मेहताले लुम्बिनी डोजोका आनन पुर्जा र आर्मीका विकास गुरुङले सो क्योकुसिनका विवेन्द्र राईलाई पराजित गर्दै सेमिफाइनलमा स्थान प्रवेश गरेका छन् । पुरुष ७५ केजीमुनि आर्मीका मनोज थपलिया, आईकेकेएफका थमप्रकाश खड्का, सो क्योकुसिनका सतल लामा र लुम्बिनीका दिलिप यादवले सेमिफाइनल यात्रा तय गरेका हुन ।

पुरुष ६० केजीमुनि केडब्लुडब्लुका होमबहादुर राई, आईकेकेएफका निरज थापा र युवराज मोक्तान, आर्मीका भूपेन्द्र ओली, सुनिल कुँवर र छविलाल खड्का, सो क्योकुसिनका सुजन पाख्रिन र आईकेएका सन्जेश तामाङले क्वाटरफाइनलमा स्थान बनाए । महिला खुलामा आर्मीकी मन्जु विक, पत्रिका चन्द र शान्ति थापा मगर, केडब्लुडब्लुका रोजिना भुजेल र करिष्मा कार्की, आईकेकेएफका चन्द्रकुमारी भुजेल र पुनम लामा तथा सो क्योकुसिनकी शिवानी श्रेष्ठ क्वाटरफाइनलमा प्रवेश गरे ।

प्रतियोगिताको राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपतिशम्शेर जबराले उद्घाटन गर्दै नेपाली मार्सल आर्टले अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान बनाउन सफल भएको धारणा व्यक्त गरे । आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले प्रतियोगिताबाट प्रतिभाशाली खेलाडीको पहिचान गरी संघकै खर्चमा बन्द प्रशिक्षणमा राखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । आर्मी र सातै प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडी सहभागी प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: