नारायणगढ बुटवल सडकमा सडक किनारका संरचना हटाइँदै

Ad
  • Kalopati

नवलपुर । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डले जनाएको छ ।

आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पु¥याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिए । “बिजुलीको पोल सडक मापदण्डभित्र पर्दा सडक विस्तारमा समस्या उत्पन्न भएको थियो”, आयोजना प्रमुख दिष्टीले भने, “योजनाले आफ्नै खर्चमा बिजुलीको पोल हटाउन सुरु गरेको छ ।” सडक विस्तारका लागि ड्रेनेज खन्ने बेलामा खानेपानीको पाइपसमेत मापदण्डभित्र परेका कारण हटाउन थालिएको उनको भनाइ छ ।

“एक वर्षअघिदेखि नेपाल विद्युत् प्राधिकरणलाई बिजुलीको पोल हटाउन आग्रह गरेका थियौँ, तर उनीहरुले बजेट अभाव भएको भन्दै पोल हटाउन चासो दिएन्न, उनले भने , “अहिले हाम्रै खर्चमा कावासोतीबाट बिजुलीको पोल हटाउँदैछौँ, चाँडै हटाएर सकिन्छ ।” बिजुलीको पोल नहटाउँदा सडक विस्तारमा समस्या देखिएको थियो । सडक विस्तारमा देखिएका सबै अवरोध हटाएर यसै वर्ष १० किमी सडक कालोपत्र गर्ने गरी काम अगाडि बढेको उनले बताए ।

“निर्माण पक्षले यस वर्ष १० किमी सडक कालोपत्र गर्ने गरी काम अगाडि बढाएको छ”, आयोजना प्रमुख दिष्टीले भन्नुभयो, “यसका लागि सडक विस्तार हुने क्षेत्रमा माटो भर्ने, नाली खन्ने, ग्राभेल बिच्छ्याउने सबै काम सकिएको छ ।” पछिल्लो समय सडक विस्तारको कामले गति लिएको उनले बताए । नयाँ पुल निर्माणका लागि डाइभर्सन गरिएको स्थानबाहेक अन्य ठाउँमा भत्किएको सडकसमेत मर्मत गर्ने काम भइरहेको उनको भनाइ छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: