‘संघीय निजामती ऐनलाई यथासिघ्र अघि बढाउन सरकार तयारी’ : मन्त्री श्रेष्ठ

Ad
  • Kalopati

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती ऐनलाई यथासिघ्र अघि बढाउन सरकार तयार रहेको बताए ।

शुक्रबार ललितपुरस्थीत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रशासनिक क्षेत्रमा संघीयताको कार्यानवयन र कर्मचारीको बिकासका लागि निजामती ऐनलाई यथासिघ्र अघि बढाउन सरकार तयार रहेको बताए । उनले ऐन संघीयता र कर्मचारी मैत्री हुने दावी गरे । बिभिन्न कारणले निजामती ऐन यसअघि सदनबाट फिर्ता आएको भन्दै उहाले सवै राजनीतिक दलहरु एक भएर यसलाई पारित गर्नुपर्ने बताए ।

उनले अझै पनि प्राविधिक पदहरुमा ५० प्रतिशत भन्दा पनि कम कर्मचारी रहेको भन्दै कर्मचारी अभावको समस्यालाई पनि समाधान गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा पूर्व महालेखा नियन्त्रक सुरेश प्रधानले नेपालको सार्वजनिक खरिद व्यवस्थापन प्रकृया र करार सम्झौता, प्रशासन क्षेत्रमा देखिएका चूनौति बिषयक कार्यपत्र प्रस्तुत गरे ।

 

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: