ढोरपाटनमा साहसिक खेल ‘स्कि’को सम्भावना उच्च

Ad
  • Kalopati

गलकोट । पर्यटकीय गन्तव्य ढोरपाटन क्षेत्रमा हिउँमा खेलिने साहसिक खेल स्किको प्रशस्त सम्भावना देखिएको छ ।

पछिल्लो केही समययता नेपाल साहसिक स्कि पर्यटनको गतिलो गन्तव्य बन्दै गइरहेको सन्दर्भमा नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रअन्तर्गत ढोरपाटन उपत्यका आसपासमा व्यावसायिक रुपमा नै स्कि खेल खेलाउन सकिने देखिएको छ ।

भौगोलिक दृष्टिले युरोप तथा अमेरिकामा खेलिने स्कि भन्दा नेपालमा कैयौं गुणा रोमाञ्चकारिक तथा साहसिक हुने भएकाले अहिले नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा स्कि खेलको विस्तार भइरहेको छ । हिउँमा चिप्लिएर खेल्ने खेलको ढोरपाटनमा निकै सम्भावना रहेको विज्ञको एक सर्वेक्षणले देखाएको छ ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्वतारोहण पथ पदर्शक सङ्घले संयुक्त रुपमा पर्वत आरोहण र हिमालय पथ पदर्शक विज्ञको समूहले हालै गरेको एक अध्ययनमा ढोरपाटनको उपत्यका नजिकै स्कि खेलको सम्भावना रहेको जनाएको छ । ढोरपाटनमा हिउँदमा मात्रै हैन बर्खाको समयमासमेत स्कि खेल सञ्चालन गर्न सकिने सम्भावना देखिएको स्कि खेलको सम्भावना अध्ययनका लागि ढोरपाटन पुग्नुभएको अन्तर्राष्ट्रिय माउटेण्ड गाइड तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका बोर्ड सदस्य छिरिङ जाङ्बु शेर्पाले बताए ।

“ढोरपाटन उपत्यकादेखि उत्तर तर्फको भिरालो जमिनमा स्कि खेल खेल्न सकिने सम्भावना रहेछ, त्यस स्थानमा खासै घाम नपर्ने र चिसो रही रहने हुनाले कृत्रिम आइस निर्माणसमेत गर्न सकिन्छ”, उनले भने “हिउँदमा केही समय उक्त क्षेत्रमा हिउँनै हुन्छ, अन्य समयमासमेत निकै चिसो रहेकाले मानव निर्मित हिउँ निर्माण गरेर खेल खेल्न सकिन्छ भन्ने हाम्रो समूहको अध्ययनले देखाएको छ, हामीले केही समयमा विस्तृत रुपमा सम्भावनाको अध्ययन प्रतिवेदन सरकारलाई पेश गर्नेछौं ।”

सन् २०१५ देखि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्वतारोहण पथ पदर्शक सङ्घले संयुक्त आयोजनामा नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा स्कि खेलको सम्भावनाको अध्ययन, स्कि खेलको प्रशिक्षण, खेलाडी उत्पादन तथा स्कि खेल पर्यटनको विकास गर्दै आएको छ । ढोरपाटनमा स्कि खेलको सम्भावनासहित स्याउखेतीसमेत सम्भावना देखिएको अध्ययनमा सहभागी विज्ञको समूहले जनाएको छ । विद्युत्को समय पहुँच पुगेको र अत्यन्तै चिसो भएको स्थानमा कृत्रिम आइस निर्माण गर्नसमेत अत्यन्तै सहज हुने भएकाले अन्य समयमासमेत स्कि खेल्न सकिने विज्ञहरुको भनाइ छ ।

ढोरपाटनमा स्किखेलको सम्भावनाको विषयमा अध्ययन गर्न नेपाल पर्र्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका एड्मिन हेड उत्तमबाबु भट्टराई, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका बोर्ड सदस्य तथा अन्तर्राष्ट्रिय माउन्टेन गाईड छिरिङ जाङ्बु शेर्पा, माउटेण्ड गाइड जय मल्ल र पोसन साहीको समूह ढोरपाटन आएको थियो । ढोरपाटनको उपत्यकानै अत्यन्तै चिसो स्थान रहेकाले स्कि खेल र खेलसँगै साहसिक पर्यटनको अत्यन्तै सम्भावना देखिएको नेपाल पर्र्वतीय प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्वतारोहण पथ पदर्शक सङ्घले हिमाली जिल्ला मुस्ताङ, मनाङ, कालिञ्चोकलगायतका क्षेत्रमा स्कि खेलको अध्ययन गरिसकेको छ भने कालीञ्चोकमा एक किलोमिटर स्कि खेलको लागि आवश्यक पूर्वाधार बनिसकेको छ । अहिले स्कि खेलको तालिमसँगै प्रवद्र्धन गर्ने काम गर्दै आएको नेपाल राष्ट्रिय पर्वतारोहण पथ पदर्शक सङ्घले जनाएको छ । ढोरपाटनमा स्कि खेलका लागि भिरालो हिउँपरेको जमिन तयार पार्दा केही रुख भने कटान गर्नुपर्ने देखिएको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: