पत्रकार थापाद्वारा ‘लालकलशी स्मृति अक्षय कोष’ स्थापना

Ad
  • Kalopati

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ डोटी शाखाका संस्थापक सभापति शङ्कर थापाले आफ्ना दिवङ्गत आमाबुवाका स्मृतिमा रु एक लाखको अक्षय कोषको स्थापना गरेका छन् ।

यहाँको जोरायल गाउँपालिका–४ देउथला स्थायी बसोबास भएका पत्रकार थापाले आफ्नी दिवङ्गत आमा कलसी देवी थापाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आफूले प्राथमिक तह अध्ययन गरेको गाउँको महासरस्वती माध्यमिक विद्यालयमा ‘लालकलशी स्मृति अक्षय कोष’ को स्थापना गरेका हुन् ।

उक्त कोषबाट प्राप्त हुने व्याज रकमबाट विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने र आगामी दिनमा कोषको रकमलाई वृद्धि गरिने पत्रकार थापाले जानकारी दिए ।यसैगरी दिवङ्गत आमाबुवाको स्मृतिमा आफूले माध्यमिक तह अध्ययन गरेको घण्टेश्वर माध्यमिक विद्यालय कुडिकोट जोरायलमा पनि निकट भविश्यमा अक्षय कोषको स्थापना गरिने उनले बताए ।

पत्रकार थापाका अनुसार आफ्नी दिवङ्गत आमाको प्रथम वार्षिक पुण्यतिथिकै अवसरमा नेपाल प्रेस युनियन डोटी शाखाद्वारा स्थापना गरिएको तेजु स्मृति अक्षय कोष स्थापनाका लागि रु छ हजार रकम, महासरस्वति माध्यमिक विद्यालय देउथलाका विद्यार्थीका लागि न्यानो लुगा खरिदमा रु नौ हजार ५६८ सहयोग र दृष्टि फाउण्डेशन धनगढी कैलालीमा रहेका बेसहारा बालबालिका तथा महिलाको भोजनका लागि रु १० हजार १३४ उपलब्ध गराएका छन् ।

विगत २६ वर्षदेखि जिल्लामा पत्रकारिता पेशामा संलग्न रहनुभएका पत्रकार थापा जिल्लाको पहिलो सामुदायिक रेडियो शैलेश्वरी र सामुदायिक रेडियो घण्टेश्वरको संस्थापक छन् । रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: