आजको मौसम (२०७८ पौष ६ गते ,मंगलबार)

Ad
  • Kalopati

हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष  गते (मंगलबार)

दिउँसो :पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ ,बाग्मती प्रदेश तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

 २०७८ पौष  गते (बुधबार)

दिउँसो : पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ भने बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।

राती : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ पौष  गते (बिहीबार)

दिउँसो : देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ ।

राती: देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा  मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: