‘अब आधुनिक कांग्रेस बन्ने छ नवनिर्वाचित’: महामन्त्री शर्मा 

Ad
  • Kalopati

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब आधुनिक कांग्रेस बन्ने बताएका छन्

पार्टीको महामन्त्री निर्वाचित भएपछि बिहीवार सानेपास्थित पार्टी कार्यालयमा बोल्दै महामन्त्री शर्माले आफ्नो जित केवल एउटा व्यक्तिको जित नभइ बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताए । उनले अबका दिनमा पार्टी हिजोको जसरी नचल्ने भन्दै रुपान्तरीत भएर जाने बताए । अब आधुनिक कांग्रेस बन्ने उनको भनाई छ । महामन्त्री शर्माले कांग्रेसलाई आगामी निर्वाचनमा बिजयी गराउन सक्ने तागतको रुपमा बदल्ने पनि बताए ।

उनले भने – ‘यो व्यक्तिगत रुपमा विश्वप्रकाश शर्मालाई उहाँहरुले छनौट गर्नुभएको, एउटा व्यक्तिलाई जिताउनुभएको या एउटा गुटलाई जिताउनुभएको होइन् । पार्टीलाई आजका जीवन्त र ज्वलन्त मुद्दाहरुलाई बुझ्न सक्ने बनाएर नेपाली समाजको नविन ढंगले नेतृत्व गर्नसक्ने कांग्रेस बनाउने उहाँहरुको अपेक्षाको, उहाँहरुको आकांक्षाको जित हो । म जति गौरवान्वित छु । त्यत्तिकै आफ्नो जिम्मेवारीप्रति गम्भिर पनि छु । कांग्रेस जसरी हिजो चलेको थियो । अब त्यसरी चल्दैन । कांग्रेस रुपान्तरित भएर जान्छ । अब आधुनिक कांग्रेस बन्नेछ । बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको छ । निष्ठका साथ, जिम्मेवारीका साथ, विनम्रता, संयमताका साथ कार्य गर्दै जानेछौँ । रुपान्तरित कांग्रेस देश समक्ष राख्नेछौँ । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन सक्ने तागतको रुपमा बदल्नेछौँ ।’

महामन्त्री शर्माले आफ्नो जिम्मेवारीलाई निष्ठा, विनम्रता र संयमताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: