विदेशबाट फर्केका युवा कुखुरापालनमा

Ad
  • Kalopati

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का २५ वर्षीय जयराम चौधरी गतिलो कमाईका लागि दुई पटक विदेश पुगे । पाँच वर्ष विदेश बसे पनि उनले मनग्य पैसा आर्जन गर्न सकेन्न । विदेशबाट कमाएको पैसाले घरमै व्यवसाय गर्ने चौधरीको ठूलो धोको थियो । तर थोरै पैसा मात्रै बचत गर्न सकेपछि उनले व्यवसाय गर्न ऋण काढ्नतर्फ लागे । ऋण नपाएपछि चौधरी कतार उडे्

कतार पुगेपछि कोराना महामारी फैलियो । “निषेधाज्ञाका कारण खासै कमाइ भएन,” उनले भने “घर फर्किए पनि कोरोनाकै त्रास थियो । त्रासमै बस्नुपर्ने अवस्था आयो ।” विदेशबाट कमाएको रु तीन लाखले चौधरीले कुखुरापालनको सुरुआत गरे । दुईवटा फार्म बनाएर उनले कुखुरापालन गर्न थाले । “फार्म, दानापानी र औषधोपचारमा धेरै खर्च हुन थाल्यो । विदेशबाट दुःख गरेर ल्याएको पैसा सिद्धिएर घाटा हुने हो कि भन्ने चिन्ता भयो,” उनले भने , “तर पहिलो लट्मै रु पाँच लाखको कुखुरा बिक्री भयो ।”

फार्म निर्माण, दानापानी र औषधोपचारमा लागेको खर्च कटाएर रु एक लाख ५० हजार नाफा भएको चौधरीले बताउनुभयो । दुई फार्ममा उनले सात हजार कुखुरा पाल्दै आएका छन् । हालसम्म चौधरीले रु २० लाख नाफा आर्जन गरेका छन् । “विदेशमा जति परिश्रम गरे पनि महिनाको रु ३५ हजार रकम मात्रै मासिक रुपमा हात पथ्र्यो । यहाँ विदेशको भन्दा चार गुणा बढी आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । विदेशमा भन्दा घरमै गतिलो आम्दानी हुन थालेपछि चौधरी खुशी छन् । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: