‘अब १०–१५ वर्ष मात्रै अब सक्रिय राजनीतिमा लाग्ने छु’ : नेता थापा

Ad
  • Kalopati

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अब १०–१५ वर्ष मात्रै अब सक्रिय राजनीतिमा लाग्ने बताएका छन् । आज देखि काठमाडौंमा सुरु हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्म्दवारी दिने घोषणा गरेका थापाले बिहीबार काठमाडौंमा अवधारणा पत्र सार्वजनिक गर्दै महामन्त्रीमा जित्ने नजित्ने थाहा नभएपनि अव १०–१५ वर्ष मात्रै अब सक्रिय राजनीति गर्ने बताएका हुन् ।

त्यसपछि पार्टीबाट बिदा लिदै गर्दा आफुलाई आम जनताको माया भएमात्र पुग्ने उहाले बताए । थापाले कुर्सीमा बस्नका लागि नभएर काम गर्नका लागि आफू नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेद्वारी घोषणा गरिएको तर्क गरे । आफ्नो कार्यक्रम कार्यक्रम समृद्ध नेपाल सुखी नेपाली नभई समुन्नत नेपाल सम्मानित नेपाली हुनुपर्ने उहाले बताए । नेता थापाले आफूले सार्वजनिक गरेको लक्ष्य प्राप्तको बाटोमा अघि बढे कांग्रेस आफै बलियो हुँदै जाने दावी पनि गरे ।

त्यस्तै उहाले आगामी निर्वाचनमा कांग्रेसले जित्नुपर्ने भन्दै यो जितको बिषयमात्र भएर समन्नुत नेपालको लक्ष्यलाई पूरा गर्ने बिषय भएको उल्लेख गरे । त्यस्तै उनले आफुले अघिसारेको अवधारणामा समाजमा दीर्घकालीन शान्ति, स्थायित्वको अवस्था रहने बताए ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: