कोभिडविरुद्ध खोप लगाउन विद्यार्थीमार्फत सचेतना कार्यक्रम

Ad
  • Kalopati

मान्म । कोभिड–१९ विरुद्धको खोप लगाउन कालीकोटमा विद्यार्थीमार्फत सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ । कोभिड–१९ विरुद्धको खोपका विषयमा स्थानीयवासीमा भ्रम रहेका कारणले विद्यार्थीमार्फत सचेतना कार्यक्रम सञ्चालन गरिने भएको हो ।

कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या जिल्लामा न्यून भएपछि विद्यार्थीमार्फत सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउनेको सङ्ख्या न्यून रहेका कारणले विद्यालयमा विद्यार्थीलाई कोभिड–१९ विरुद्धमा स्वास्थ्यकर्मीले सचेतना कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्यसेवा व्यवस्थापक कटकबहादुर महतले बताए ।

“जिल्ला कोभिड–१९ खोप समन्वय समितिको बैठकले विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरी बालबालिकामार्फत अभिभावकसम्म सूचना पु¥याउने, सबै स्थानीयवासीको पहुँचमा खोप पुगोस् भनेर सम्बन्धित सबै सरोकारवाला व्यक्ति र पक्षलाई समेत परिचालन गर्ने निर्णय गरेको हो”, उनले भने , “यसरी जाँदा कोभिड–१९ विरुद्धको खोप लगाउन समाजमा रहेको भ्रमका विषयमा जानकारी हुनेछ र खोप लगाउनेको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरेका छौं ।”

जिल्लामा हालसम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ३४ हजार छ भने दोस्रो मात्रा लगाउनेको सङ्ख्या २३ हजार मात्र रहेको महतले जानकारी दिए । “दुवै मात्रा लगाएर अनलाइनमा नाम दर्ता भएकाको सङ्ख्या त नगण्य छ”, उनले भने , “दुवै मात्रा खोप लगाएर अनलाइनमा दर्ता भएका ६० जना पनि छैनन् ।”

सरकारले कोभिड–१९ विरुद्धको खोपलाई प्राथमिकता दिए पनि खोप लगाए ज्वरो आउने, रिंगटा लाग्ने, शारीरिक रूपमा कमजोर हुने भ्रम रहेकाले खोप लगाउन नआएको ठहर गर्दै बैठकले महिला स्वास्थ्य स्वयंसेविकालाई समेत घरदैलो गर्न परिचालन गर्ने निर्णय भएको जिल्ला कोभिड खोप समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

“सबै नागरिक समक्ष कोभिड–१९ विरुद्धको खोप पु¥याउनका लागि यो कार्यक्रम सञ्चालन गरेका हौं”, उहाँले भन्नुभयो, “विद्यार्थीमार्फत अभिभावकसम्म कोभिड–१९ विरुद्धको खोपका विषयमा जनचेतना पुगोस् भन्ने हाम्रो चाहना हो ।” –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: