वडा भवन बनाउन जग्गादान

Ad
  • Kalopati

झापा । झापाको झापा गाउँपालिका–७ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीयवासी रामबहादुर थापा मगरले करिब रु ५० लाख मूल्यपर्ने ६ कठ्ठा जग्गा दान गरेका छन् ।

वडा कार्यालय भवन बनाउन जग्गा अभाव भइरहेको बेला आफ्नो परिवारका तर्फ वडालाई जग्गा उपलब्ध गराएको दाता मगरले जानकारी दिए । भवन नहुँदा वडा कार्यालय भाडाका घरमा लामोसमयदेखि सञ्चालन हुँदै आएको थियो ।

यसै वर्षदेखि वडा कार्यालयको भवन निर्माण सुरु गरिएको वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: