ढाका व्यवसायीहरुले भेला तथा प्रदर्शनी आयोजना गर्ने

Ad
  • Kalopati

काठमाडौँ । ढाका व्यवसायीहरुले भेला तथा प्रदर्शनी आयोजना गर्ने भएका छन् । आइतबार पत्रकरकार सम्मेलन गर्दै ढाका व्यवसायीरुले पौष २, ३ र ४ गते बानेश्वरको थापागाउंस्थित बानेश्वर व्याङकेटमा भेला तथा प्रदर्शनी आयोजना गर्ने जानकारी दिएका हुन ।

भेला तथा प्रदर्शनीमा रहने ४० वटा स्थलमध्ये २५ वटा स्थलमा ढाकाका वस्तु र १५ वटामा रेशाजन्य अल्लोका उत्पादनहरु राखिने नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघका संयोजक रमेश श्रेष्ठले जानकारी दिए । उनले नेपाल घरेलु तथा साना उद्योग महासंघले २०५८ सालमा ढाका तथा पश्मिनाजन्य बस्तुहरुको बृहत प्रदर्शनी आयोजना गरेको जानकारी दिदै यो दोश्रो ढाका कपडा प्रदर्शनी हुने बताए ।

उनले अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी निकासी गर्न सकिने अवस्था रहेको बताउदै ढाका तथा ढाकाजन्य उत्पादनहरु निर्यात भइरहेको भए पनि ढाकाको उत्पादनबारे लेखाजोखा र तथ्यांक राख्ने कार्य नभएको बताए । यस व्यवसायको प्रवर्द्धन र गुणस्तर अभिवृद्धिको क्षेत्रमा प्रभावकारी प्रयास हुन नसकेको बताउदै उहाँले देशभर झण्डै ५० हजार भन्दा बढी रोजगारी सिर्जना गरेका जानकारी दिए ।

हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सिप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले यसका उत्पादनहरुमा बजारको माग तथा बदलिदो परिवेश अनुसार उत्पादन विविधिकरण कार्यको थालनी भएको श्रेष्ठको भनाई छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: