सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ

Ad
  • Kalopati

काठमाडौ । यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ ।

सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिए । स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् ।

कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले अद्यावधिक गर्नुपर्ने छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: