परिवार दलको तेश्रो राष्ट्रिय महाधिबेशन काठमाडौँमा सम्पन्न

Ad
  • Kalopati

महेश सिंह सिरहा लहान।  नेपाल परिवार दलको तेश्रो महाधिबेशन काठमाडौंमा सम्पन्न भएको छ। नेपाल परिवार दलको संस्थापक अध्यक्ष एकनाथ ढकाल तेश्रो महाधिबेशनबाट पुनः राष्ट्रिय अध्यक्षपदमा निर्बाचित भएका छन्। त्यसै गरी बरिष्ट उपाध्यक्षमा विनोद डाँगी,उपाध्यक्ष गणेश कुमार श्रेष्ठ, महामन्त्री सन्तोष कुमार पौडेल, महामन्त्रीमै प्रकाशबाबु थापा ५ जना सह–महामन्त्रीमा क्रमश संबिधासभा सदस्य मिलन कुमारी राजवंशी,रुपसिँह भण्डारी,मनोज कुमार सुर्खेति,अब्दुल कैयुम शाह,अशोक कुमार चौधरी,कोषाध्यक्षमा गोविन्द नाथ मिश्र र सह-कोषाध्यक्षमा बुद्धि माया पुन मगर निर्बाचित भएका हुन् ।

‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । महाधिबेसनले प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गरेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: