काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न

Ad
  • Kalopati

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ गरी स्थानको अधिवेशन सम्पन्न भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि केही निर्वाचन क्षेत्रमा भने शनिबार नै अधिवेशन सम्पन्न भएको थियो । क्षेत्र नं १ क मा प्रल्हादबहादुर कार्की र (ख) मा सुमनकुमार श्रेष्ठ, क्षेत्र नं २ को क मा धुव्र अधिकारी र ख मा उद्धव खड्का, क्षेत्र नं ३ को क मा श्रीराम चालिसे र ९ख० मा विमल ठकुरी, क्षेत्र नं ४ को क मा विमलकुमार होडा र (ख) मा रामप्रसाद लुइँटेल सभापतिमा विजयी भएका छन् ।

यस्तै क्षेत्र नं ५ को क मा दिनेश डङ्गोल र (ख) मा राजु खड्का, क्षेत्र नं ६ को क मा ख्यामराज तिवारी र ख मा विष्णुभक्त तिमल्सिना, क्षेत्र नं ७ को (क) मा नवीन मानन्धर र ख मा वासुदेव लामा सभापतिमा निर्वाचित भएका छन् ।

यसैगरी क्षेत्र नं ८ को (क) मा ईन्द्रमानसिंह सुवाल र (ख) मा शिव खनाल, क्षेत्र नं को (क) मा मोहनबहादुर बस्नेत र (ख) मा राजेन्द्र भट्टराई तथा क्षेत्र नं १० को (क) मा शैलेश मानन्धर र (ख) मा धर्मानन्द श्रेष्ठ निर्वाचित भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन मङ्सिर ६ गते, जिल्ला अधिवेशन मङ्सिर १० गते, प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: