बझाङ पहिरोमा बेपत्ता १९ जना भेटिने सम्भावना न्यून

Ad
  • Kalopati

बझाङ । थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ । घटना लगत्तै प्रहरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो । तर हाल सम्म पनि कुनै पत्ता भने लागेको छैन । प्रहरी नायव उपरीक्षक रुपक खड्काले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रयास गरेपनि बेपत्ता व्यक्ति भेटाउन नसकेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।

कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परी दुई परिवारका २३ जना बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको थियो भने दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो। आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजी कार्य अहिले बन्द गरेको छ ।
मुख जिल्ला अधिकारी मोहन अधिकारीले का अनुसार आवश्यक प्रक्रिया पुर्‍याएर बेपत्ता सबैलाई मृत घोषणा गरिने छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: