स्वास्थ्यमा असर गर्न खाद्यवस्तु बिक्रीवितरण नगर्न व्यापारीहरुलाई कडा निर्देशन

Ad
  • Kalopati

 

काठमाडौं ।  स्वास्थ्यमा असर गर्न खाद्यवस्तु बिक्रीवितरण नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यापारीहरुलाई कडा निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनस्वास्थ्यमा असर हुने खालका कुनै पनि खाद्यवस्तुको अब विक्रिवितरण गर्न नपाईने बताएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसी नेतृत्व मा बुधबार नक्सालस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गर्न गएको टोलीले वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको मापदण्ड अनुसारमात्रै खाद्य बस्तुहरुको विक्री वितरण गर्न व्यापारीहरुलाई सचेत गराएको हो।

प्रमुख जिल्ला अधिकारी केसीका अनुसार जनस्वास्थ्यलाई ख्याल गरेर मात्रै खाद्य बस्तुहरुको विक्रीवितरण गर्न व्यापारीहरुलाई सचेत गराएका छन् । अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरलाई पनि खाद्य बस्तुहरुको उत्पादन मिति र लेबलिङ मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको थियो ।

‘खाद्यबस्तु जस्तो विषयमा बढि नै संवेदनशील बन्नु पर्दछ भनेर सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताएका छन् । खाद्य बस्तु, गुणस्तर तथा नापतौल विभाग र वाणिज्य विभागले भने अनुसार खाद्यबस्तु विक्री वितरण गर्नु होला तर त्यसमा उत्पादन मिति र लेवलिङको मिति भने देखिने गरी राख्नु राख्नु पर्दछ । जनताको स्वास्थ्यलाई ख्याल गर्ने कानुनको पालना गरेर मात्रै व्यापार गर्नु होला ।काठमाडौं जिल्ला प्रशासन कार्यालयले चाडपर्वको अवसर पारेर खाद्य बस्तुजस्ता संवेदनशील विषयमा जोड दिएर बजार अनुगमनको कामलाई जोड दिइएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: