महामारीका कारण ६ महिनादेखि बन्द भएको ड्राइभिङ लाइसेन्सको आवेदन खुल्यो !

Ad
  • Kalopati

काठमाडौँ। महामारीका कारण ६ महिनादेखि बन्द भएको ड्राइभिङ लाइसेन्सको आवेदन खुलेको छ । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको हो । विभागका अनुसार महामारीका कारण बन्द भएको सो आवेदन प्रणाली सोमबार रातीबाट खुलेको हो ।

सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा लाइसेन्सका लागि फारम भर्न सकिने विभागका प्रवक्ता डा लोकनाथ भुसालले जनाएका छन् । लामो समय सो आवेदन बन्द भएपछी धेरै नयाँ चलाकहरु यसको प्रतीक्षामा थिए ।

यद्यपी सो लाइसेन्समा आवेदन दिन कोटासमेत तोकिएको छ । प्रवक्ता भुसालका अनुसार दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको छ भने कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् ।

नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । जसअनुसार लिखित परीक्षामा अब ४र४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । सबै प्रश्नको अंकभार सय हुनेछ भने लिखित परीक्षामा कुल ६० अंक ल्याउनेले सो परिक्षा पास गर्नेछ। नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: