सिरहाको ललसैहियामा दशैँको प्रारम्भ संगै भक्तजनहरुको भिड

Ad
  • Kalopati

महेश सिंह सिरहा  – दशैँको प्रारम्भ संगै सिरहाको मठ मन्दिरहरुमा भक्तजनहरुको भिड लाग्ने गरेको छ्।नेपालीहरुको महान चार्ड बडा दशैँ प्रारम्भ भए लगत्तै हिन्दु धर्मावलम्बीहरुले धर्मप्रतिको आस्थामा जागरुकता देखीएको छ।

सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर १० ललसैया कट्टीमा रहेको दुर्गा मन्दिरमा दशैँको पहिलो दिन देखि नै हजारौंको संख्यामा  भक्तजनहरुको भिड लाग्ने गरेको छ ।
दशैँको घटस्थापना संगै मधेसमा मठ मन्दिर र शक्तिपीठहरु दुलहीझैं सिंगारीएको देखिन्छ ।

मधेसमा दशैँको सुरुवात संगै घरको कुल देबी देउताहरु पनि सकृय हुने भएको धार्मिक जनबिशवास रहेको छ।

सिरहाको सुखिपुर नगरपालिका १० ललसैया कट्टीमा भब्य रुपमा दसैंको घटस्थापना देखि नै ठुलो मेला लाग्ने गरेको स्थानीय समाज सेबी दुरेन्द्र कुमार यादव “दुर्गा”ले जानकारी दिए ।समाजसेवामा आबद्ध  यादवले  घटस्थापनाको दिन करिब ५ हजार श्रधालु भक्तजनहरुलाई  फ्रुटी वितरण गरेका थिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: