आजको मौसम (२०७८ आश्विन १५ गते ,शुक्रबार)

Ad
  • Kalopati

भारतको झारखण्ड  र आसपासतिर बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ।हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। त्यसैले हाल  देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ।  प्रदेश गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन १५ गते (शुक्रबार)

दिउँसोदेशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही  प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १६ गते (शनिबार)

दिउँसोदेशभर सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती  प्रदेशका केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश २ का एक वा दुई स्थानमा भारी वर्षाको पनि संभावना छ।

 २०७८ आश्विन  गते (आइतबार)

दिउँसोदेशभर सामान्य बदली रही प्रदेश १,२, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको पनि संभावना छ।

 रातीदेशभर आंशिक  देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती  प्रदेशका केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि संभावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशभर  सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी  भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: