कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

Ad
  • Kalopati

झापा । झापाको दमक नगरपालिका–१ बस्ने हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ४९ वर्षीय कर्ण राई लगायत १७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

उनको भान्सा कोठामा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: