लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीद्धारा प्रदर्शन

Ad
  • Kalopati

काठमाडौं । काठमाडौंमा लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।

अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको भन्दै अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा प्रदर्शन गरेका हुन् ।

नतिजाको प्रतीक्षामा रहेका परीक्षार्थीहरुले ‘परीक्षा लिन सक्ने, नतिजा दिन नसक्ने ?’ ‘लोक सेवामाथि विश्वास गर्ने दिन सकिएको हो ?’ ‘बन्द खामभित्रको हाम्रो भविष्य खुला गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: