पम्फा भुसालको बारेमा प्राज्ञीक अध्ययन्

Ad
  • Kalopati

त्रिभुवन बिश्वबिद्यालय राजनितीशास्त्र केद्रिय बिभागमा नेपाल कम्यूनिष्ट पार्टि माओबादीकी नेतृ पम्फा भुसालको राजनैतिक जिवनमा आधारीत “ पम्फा भुसालको राजनैतिक यात्रा” बिषयमा स्नातकोत्तर तहमा शोध गरीएको छ ।

बि. पी. कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी लगायतका राजनैतिक ब्यक्तित्वबारे पहिले पनि शोध गरिसकेको भए पनि हाल सम्मका माओबादी नेता र जनयुद्धका प्रमुख पात्र बारे गरीएको उक्त शोध पहिलो हो । उक्त शोधमा भुसालको बाल्यकाल, बिद्यार्थी राजनिती र पूर्णकालीन राजनीतीक यात्राबारे चर्चा गरीएको छ । पंचायतकाल ,२०४६ साल ,जनयुद्ध ,गणतन्त्र र संबिधानसभाका जोडिएका तत्कालिन राज्य ब्यबस्था र राजनैतिक घटनालाई उजागर गरीएको शोधमा कसरी एउटा ब्यक्तिलाई बिद्रोहि बनाउदछ ? बिचारले कसरी समाजरुपान्तरण गर्न सक्दछ ? जनयुद्दमा जानु पर्ने कारण के हो? भन्ने प्रश्नलाई अध्ययन गरीएको  हो  ।

वि.सं २०१९ श्रावण १४ गते अर्घाखाँची जिल्लाको तत्कालीन किमडाँडा गाउँ विकास समिति, हालको प्रदेश नम्बर ५, सन्धिखर्क नगरपालिका, आँपखोलामा स्व. गोविन्दप्रसाद भुसाल र माता इन्द्रकला भुसालका तेस्रो सन्तानको रूपमा जन्मेकी भुसाल वर्तमान सरकारकि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री समेत हुन् ।

सम्पन्न परिवारमा जन्मेको भए पनि उनले धेरैपटक जेल जीवन, कैयन दुःख, त्याग र सङ्घर्ष गरी नेपालको सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुरयाएकी छिन् ।राजनीतिशास्त्र केन्द्रिय बिभागका प्रमुख प्राध्यापक डा. राम कृष्ण तिवारी को शोध निर्देशन मा रहेको प्रस्तुत शोधपत्रका शोधकर्ता एमफिलका बिद्यार्थी पुरुषोत्तम भट्ट हुन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: