बागमतीमा ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

Ad
  • Kalopati

बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै ७  मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी छिन्।

नवगठित मन्त्रिपरिषद् मा भौतिक पूर्वाधार विकास मन्त्रीमा केशव खड्का,  आन्तरिक मामिला तथा कानून मन्त्रालयमा अजय क्रान्ति शाक्य, आर्थिक मामिला तथा योजना मन्त्रीमामा रचना खड्का,सामाजिक विकास मन्त्रीमा विजय सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शान्तिप्रसाद पौडेल,स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार कटुवाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमा चन्द्र लामा क्षेत्री नियुक्त भएका छन्  ।

त्यस्तै मुख्यमन्त्री शाक्यले जीवन खड्कालाइ भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटीलाइ उद्योग राज्मन्त्री , जुनेली श्रेष्ठलाइ सामाजिक विकास राज्यमन्त्री  र बद्री मैनालीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त ७ मन्त्री र ४ जना राज्मन्त्रीले बुधबारै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: