पुनर्वासमा बाघको आतकं, गोठबाटै बाख्रा खान थालेपछि सजग रहन स्थानियलाई आग्रह

Ad
  • Kalopati

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा बाघले गोठबाटै बाख्रा खान थालेको छ  । गत भदौ १४ गतेदेखि वडाको बिन्दावासीनि टोलमा रातीको समयमा बाघ देखिन थालेको हो ।

सोमबार बिन्दावासीनि टोलकै एक गोठमा पसेर एक बाख्रा खाएको थियो भने फेरि मङ्गलवार अर्का स्थानीयको गोठमा पसेर अर्को बाख्रा मारेको पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तुलसी अर्यालले जानकारी दिए ।

रातीको समयमा गोठभित्रै पसेर बाघले बाख्रा खान थालेपछि त्यस ठाउँमा त्रास बढेको छ । लगातार स्थानीयका बाख्रा मार्न थालेपछि सम्पूर्ण वडावासीलाई सतर्क रहन उक्त वडाका अध्यक्ष अर्यालले आग्रह गरेका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: