अध्यक्ष केपी शर्माद्धारा माधव नेपालसहितका नेताहरुलाई एमालेमा फर्कन आग्रह

Ad
  • Kalopati

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावीत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुलाई एमालेमा फर्किन अपील गरेका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलनमा ओलीले जारी गरेको वक्तव्यमा माधव नेपालसहितका नेताहरुलाई एमालेमा फर्कन आग्रह गरेका छन् ।वक्तव्यमा ओलीले भने का छन्, तपाईंहरू मूल घरमा फर्किनुस्। यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ ।’ओलीले जारी गरेको वक्तव्य पार्टी सचिव प्रदीप ज्ञवालीले बाचन गरेका थिए ।

लगत्तै पत्रकारहरुले राखेका जिज्ञासामा ओलीले वर्तमान सरकारले जारी गरेको अध्यादेश असंवैधानिक भएको टिप्पणी गरे । सरकारले संविधानको मर्मविपरित कुनै दल विशेषलाई फुटाउने नियत राखेर अध्यादेश ल्याएकोमा आपत्ती जनाएका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: