तेह्रथुम पावर कम्पनीको आईपीओ भोलिदेखी खुल्ने , बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त

Ad
  • Kalopati

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार सेयर ९आईपीओ० जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।

कुल निष्कासनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: