कोशी अस्पतालको शौचालयमा एक पुरुष मृत अवस्थामा फेला

Ad
  • Kalopati

विराटनगर । कोशी अस्पतालको शौचालयमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उपचारका लागि सुनसरीको इनरुवाबाट कोसी अस्पताल आएका पुरुष मृत भेटिएका हुन् । ओपीडी भवनको शौचालयमा घोप्टो परेको अवस्थामा मृत भेटिएका पुरुषको हातमा जिल्ला अस्पताल इनरुवाको ओपीडी पूर्जा भेटिएको छ ।

ओपीडी पूर्जामा लेखिएअनुसार मृतक पुरुष सुनसरीको इनरुवा नगरपालिका-३ का ६१ वर्षीय होमराज पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार मृतकका आफन्त अझै सम्पर्कमा आइपुगेका छैनन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: