८ सय ग्राम गाँजा बोकेर कतार जान लागेका युवक विमानस्थलबाट पक्राउ

Ad
  • Kalopati

काठमाडौं । लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । गाँजा बोकेर कतार जान लागेको अभियोगमा एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन खैरेनी-१० घर भएका २९ वर्षीय बुद्धिराज पाठक छन् ।

विमानस्थल प्रहरीका अनुसार स्क्रिनिङका क्रममा पाठकले लगेजमा आयुर्वेदिक औषधिका बट्टाभित्र ८ सय ग्राम गाँजा राखिएको भेटिएको थियो ।

कतार एयरवेजको उडानमार्फत दोहा जान लागेको अवस्थामा पाठकलाई मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईंले बताए ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: