काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई कडाई गरिने, तीन जिल्लाका सीडीओ बैठक बस्दै

Ad
  • Kalopati

काठमाडौं । कोरोना संक्रमितको संख्यामा बृद्धि हुनथालेको भन्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई कडाई गरिने भएको छ । उपत्यकामा निषेधाज्ञाको अवधि थप गर्दै निषेधाज्ञाको मोडालिटिको विषयमा निर्णय गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आज (मंगलबार) बस्दै छ ।

आजको बैठकमा निषेधाज्ञाको अवधि लम्ब्याउँदै कडाई गर्ने तयारी भएके काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार यसअघि लागु गरिएको मोडालिटीमा केही फरबदल गर्ने तयारी भएको छ । उनका अनुसार आज दिउँसो १ बजे तीन जिल्लाका सीडीओ काठमाडौं, ललितपुर र भक्तपुर को संयुक्त रुपमा बैठक बस्दैछ ।

दोस्रोे लहरको कोरोना महामारीलाई ध्यानमा राख्दै उपत्यकाका तीन जिल्लामा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको हो । पछिल्लो समय जारी गरिएको निषेधाज्ञाको अवधि आज राती १२ बजेबाट सकिदैँछ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: