काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री केसीले आज सोमबारनै विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयले प्रकाशित गरेको हो ।
प्रतिपक्ष नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएकोले आजै विश्वासको मत लिन लागिएको स्रोत बताउछ ।
सोमबारमात्रै एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै कारबाही नभएसम्म बैठक अवरुद्ध गर्ने जानकारी दिएको थियो ।