झापामा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा फेला

Ad
  • Kalopati

झापा । झापामा एक दम्पत्तीसहित आठ महिने छोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा कन्काइ नगरपालिका-१ का ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना रहेका छन् । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए ।

मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । ‘उनीहरु कोभिड पोजेटिभ थिए भनेर अरुले भनेका छन् तर कोकोलाई संक्रमण भएको हो भन्ने खुलेको छैन ।

घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: