थप १,९२० जनामा कोरोना संक्रमण, २४ को मृत्यु

Ad
  • Kalopati

६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १,९२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५१६ जनामा परीक्षण गरीएकोमा  १,९२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ भने  संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।

योसँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४७ हजार ४३३ छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८० हजार २०९ पुगेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: