किसान संगठनद्धारा उखु किसानलाई सम्पूर्ण भुक्तानी तत्काल दिलाइदिन सरकारसंग माग

Ad
  • Kalopati

काठमाडौं । किसान संगठनले उखु किसानले पाउनुपर्ने भुक्तानी तुरुन्त दिलाइदिन सरकारसँग माग गरेका छन् ।विभिन्न ६ वटा किसान संगठनले उखु किसानले पाउनुपर्ने भुक्तानी तुरुन्त दिलाइदिन सरकारसँग माग गरेका हुन् । उखु किसानको रकम तत्काल भुक्तानी नगरिए चिनी उद्योगी, व्यापारी र सरकार विरुद्ध कडा संघर्षमा उत्रिने उनीहरुको चेतावनी छ ।

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र अखिल नेपाल किसान महासंघ, अखिले नेपाल किसान महासंघ अप्फा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आइतबार संयुक्त वक्तव्य जारी गर्दै किसानको उखु किनेर पैसा नतिर्ने, वर्षौं झुलाएर राख्ने उद्योग, व्यापारी र तिनको संरक्षण गर्ने राज्यका लागि यो राष्ट्रिय लज्जाको विषय भएको उनीहरुले बताएका छन् ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: