महाकालीमा बेपत्ता धामीको न्यायका लागि साढे नौ हजार हस्ताक्षर सङ्कलन

Ad
  • Kalopati

कञ्चनपुर । महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिम प्रदेशमा नौ हजार ५ सय हस्ताक्षर सङ्कलन गरिएको छ।

डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्कलन गरिएको अभियानकर्मी खिमानन्द जोशीले बताउनुभयो ।

ुबेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरि जानकारी गराउनुपर्ने र परिवारलाई राहत उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेका हौँ उहाँले भन्नुभयो ,सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउछौँ ।

ड्रोन क्यामेराका सहयोगमा धामीको शव खोज्ने कार्य गरिए पनि अझै फेला पार्न सकिएको छैन । तुइनबाट महाकाली तर्ने क्रममा धामी नदीमा बेपत्ता भएका घटनाको छानबिनका लागि दार्चुला पुगेको टोलीले उहाँको शव ड्रोन क्यामरामार्फत खोजेको हो । धामी गएको साउन १५ गते तुइनबाट महाकाली नदीमा खसेका थिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: