आज तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

Ad
  • Kalopati

काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशका तीन वटा प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा वर्षा हुनेछ। उपत्यकासहित बागमती, गण्डकी र प्रदेश १ अधिकांश स्थानमा बिहानैदेखि पानी परिरहेको छ।

आज दिउँसो देशभरको मौसम पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्ययम खालको पानी पर्ने महाशाखाले जनाएको छ।

आइतबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ। नदी तथा खोलामा बाढी आउनसक्ने र पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: