६ भदौ, काठमाडौं । अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने भनि अमेरिकाले चेतावनी दिएको छ । सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो तर आक्रमणबारे अधिक जानकारी भने दिइएको छैन ।
अमेरिकी रक्षा अधिकारीहरुले भने आफ्ना नागरिकलाई सुरक्षा खतराबाट आफूलाई टाढै राख्न र सुरक्षित रहन भनेको बीबीसीले जनाएको छ ।अधिकारीहरुले अफगानिस्तानको स्थितिलाई नजिकबाट नियालिरहेको जनाएका छन् ।
अमेरिकाले विमानस्थल भित्र नियन्त्रणमा गरेपनि विमानस्थल बाहिर नजान सचेत गरेको छ ।
अमेरिकाको अनुसार अमेरिकाले एयरपोर्टबाट हालसम्म १७ हजार मानिसलाई उद्धार गरिसकेको र तीमध्ये २ हजार ५ सय अमेरिकी नागरिक पनि रहेको जनाएको छ ।