विद्यार्थीलाई आजबाट कोरोना खोप, ४० वर्ष माथिकाले पनि पाउने

Ad
  • Kalopati

४ भदौ, काठमाडौं । १८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका  व्यक्तिलाई आजदेखि कोरोना भाइरसविरुद्धको  खोप लगाइँदै छ ।

१८ वर्षभन्दा माथिका  हाइस्कुल अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई चिनियाँ कम्पनीको भेरोसेल खोप दिइने छ ।

खोप लगाउन परीक्षाको प्रवेशपत्र र उमेर खुल्ने कागजात (जस्तै नागरिकता ) अनिबार्य देखाउनु पर्ने छ ।

यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सन्चालन हुने छ । बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: