अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा ओखलढुंगामा कार्यरत सव–इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Ad
  • Kalopati

काठमाडौं। ओखलढुंगामा कार्यरत सब–इन्जिनियरविरुद्ध आरोप पत्र दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको करार सेवामा ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवानविरुद्ध ३० हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपत्र दायर गरेको हो ।

पासवानले भूकम्प पुनर्निर्माणको लागि सेवाग्राहीले नियमानुसार पाउने तेस्रो किस्ताको रकमको सिफारिस रोकी दिने भनी ३० हजार घुस लिएका थिए । घुस लिएको पुष्टिसमेत भएको आयोगले जनाएको छ ।

आयोगले पासवानलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को कसुर गरेकोले उनलाई ३० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९ख० बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आरोप–पत्र दायर गरिएको जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: