सिसडोलमा सडक बिग्रिएपछि काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा थुप्रियो फोहोरै-फोहोर

Ad
  • Kalopati

काठमाडौं । फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न शहरको फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । हाल काठमाडौं उपत्यकाका विभिन्न शहरमा सडक छेउ र सार्वजनिक स्थलमा फोहोर थुप्रिएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा बिग्रिने हुँदा गाडी जान नसकेको बताए । वर्षात् रोकिएमा फोहोरको गाडी पठाउन सक्ने तर नरोकिएमा अझै केही दिन फोहोर नउठ्ने पनि उनले बताए ।

उनले वर्षात् रोकिएमा सहज रुपमा फोहोरको गाडी पठाउन सक्ने तर नरोकिएमा अझै केही दिन फोहोर नउठ्ने पनि स्पष्ट पारेका छन् । उनी भन्छन – ‘वर्षात्को कारणले जहाँ सिसडोलमा फोहोर व्यवस्थापन गरिरहेका छौँ, त्यहाँ गाडी जानसक्ने स्थिति रहेन । हिजो पहिरो गएर बाटोको समस्या रह्यो, पहिरो पन्छाइसकेका छौँ । सहज रुपमा गाडी जान सकेका छैनन् । त्यसकारण जुन मात्रामा फोहोर संकलन गरेर त्यहाँ व्यवस्थापन गर्नुपर्ने हो त्यो भइरहेको छैन । हरेक वर्षात्मा यस्तै केही दिनमा समस्या देखिन्छन् । पानी पर्न रोकियो भने हामी सहज रुपमा गाडी पठाउन सक्छौँ । पानी रोकिएन भने अझैपनि केही दिनसम्म यस्तो समस्या नपर्ला भन्न सकिदैँन ।’सिसडोलदेखि बञ्चरेडाँडाँसम्म जाने सडक सडक विभागले छिट्टै बनाइदिए फोहोरको समस्या समाधान हुने उनको भनाइ छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: