१८ किलो गाँजासहित काठमाडौंको मनोहराबाट एकजना पक्राउ

Ad
  • Kalopati

काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीबाट १८ किलो गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ४२ वर्षीय संजिव राई रहेका प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार थली स्थित मिलनचोकमा डेरामा बस्ने राईले लागुऔषध गाँजाको कारोबार गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो । अहिले राईमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: