‘आर्थिक वर्षको मौद्रिक नीति विगतकोभन्दा सकारात्मक छ’ : नेपाल घरेलु तथा साना उद्योग महासंघ

Ad
  • Kalopati

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले राष्ट्र बैंकले प्रस्तुत गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति विगतकोभन्दा केही सकारात्मक देखिएको जनाएको छ ।

गत सालको मौद्रिक नीतिले व्यवस्था गरेका सहुलियत कर्जा, पुनरकर्जा लघु, घरेलु तथा साना उद्यमीले कमै मात्र प्राप्त गर्न सफल भएको अनुभव रहेको जनाउँदै महासंघले झण्झटिलो कारण पनि यसो भएको हुनसक्ने जनाएको हो ।

गत सालको मौद्रिक नीतिमा गरिएको केही व्यवस्थालाई निरन्तरता दिइएको हुँदा विगतकोभन्दा चुस्त संयन्त्र मार्फत कर्जा दिने व्यवस्था हुन जरुरी भएको महासंघका अध्यक्ष श्याम गिरीले बताएका छन् ।

महासंघले कृषि, लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाहलाई थप प्रोत्साहित गर्न गाँउपालिका तथा नगरपालिकाको सरकारी कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकका शाखाहरुमा फोकल डेस्कको स्थापना हुने व्यवस्था, वास्तविक कृषि व्यवसायीलाई २० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्थाले सकारात्मक आशा जगाएको हुँदा ती व्यवस्थाहरु मौद्रिक नीतिका राम्रा पक्षहरु भएको जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: