न्यादी हाइड्रोपावरको आइपिओ खुला, लमजुङका आयोजना प्रभावित स्थानीय र कम्पनीका कर्मचारीले भर्न पाउने

Ad
  • Kalopati

काठमाडौं । आज भदौ १ गतेदेखि न्यादी हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले लमजुङका आयोजना प्रभावित स्थानीयलाई १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता आइपीओ छुट्याएको छ ।

यस्तै न्यादीका संस्थापक सेयरधनी संस्थाहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछ । प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ३० गतेसम्म खुला रहनेछ । स्थानीयले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लाभर रहेका शाखा, सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् ।

यता संस्थापक सेयरधनी संस्थाका कर्मचारीले भने न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यस आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयर रेटिङ डबल बी’ इस्युअर रेटिङ दिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: